बिष्णु गैरेको दशैं गीत ‘आउँछु भन्थे’ सार्वजनिक (भिडियोसहित)

असोज २८, काठमाडौं –  गीतकार बिष्णु गैरेले दशैंलाई लक्षित गर्दै आउँछु भन्थे’ बोलको गीत सार्वजनिक गरेका छन् । गैरेको शब्द रहेको गीतमा हरि लम्सालले संगीत र आवाज दिएका छन् ।

सार्वजनिक उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने छायाँङ्कन बुद्ध थापा एण्ड टिमको रहेको छ  ।   सम्पादन रमेश थापा र विकाश दाहालको रहेको छ ।

भिडियोमा जिबी चिरन अर्थात चिरन्जीवी  सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियोमा बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा पिडा देखाउन खोजिएको छ । गीत भाइब्रेसन मिडियाको युट्व्युबमार्फत सार्वजनिक गरिएको छ ।