विश्वकप छनोटमा अर्जेन्टिनाको जित

असोज २८, एजेन्सी विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ । मंगलबार राति अर्जेन्टिनाले छनोट चरणको दोस्रो खेलमा बोलिभियालाई हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लौराटो मार्टिनेजले मुख्य भूमिका खेले । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका थिए ।
मार्सेलो मोरिनोले २४ औं मिनेटमा बोलिभियालाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा लौराटो मार्टिनेजले अर्जेन्टिनाका लागि बराबरी गोल गरे ।

उनै मार्टिनेजको पासलाई सदुपयोग गर्दै जोकिन कोरीले अर्जेन्टिनाका लागि विजयी गोल गरे ।

समूह चरणमा अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ । बोलिभिया अंक विहिन हुदै तालिकाको पुछारमा छ ।