कोरोना सङ्क्रमित पुरुषको मृत्य

मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।