यि हुन जान्नै पर्ने कागती सेवनका फाइदा

हाम्रो वरिपरि सजिलै पाइने कागती एक गुणकारी फल मानिन्छ । कागती पानीले सुन्दरता र हेल्थ दुवैलाई फाईदा गर्दछ । यहा तपाईलाई कागतीका केहि महत्वपूर्ण फइदा बारे चर्चा गर्दै छौ । जसलाई जानेर तपाई पनि सधै कागती पानी पिउन शुरु गर्नु हुनेछ ।

कागती पानीले इम्यिुनिटी पावर बढाउदछ
जुन मानिसमा इमियुन सिस्टम कमजोर भएको हुन्छ, उनीहरुले सधै कागती पानी पिउदा राम्रो हुन्छ । यसले मानिसको रोग प्रतिरोधात्मक क्षमता इमियुन सिस्टम बढाउछ । कोरोना भाइरसबाट बच्नकालागि पनि कागती पानी लाभदायक मानिन्छ ।

कागती पानीले तौल कम गर्न पनि मद्दत गर्छ 
यदि तपाई बढेको तौल कम गर्न चाहानुहुन्छ भने कागती पानी पिउन सक्नुहुन्छ । यसले तौल मात्र नघटाइ शरिरमा रहेको अनावश्यक टक्सीन पनि निष्कासन गर्दछ । जसले शरिरको डिटक्सिफिकेशन पनि हुन्छ ।

छालामा पनि छ उपयोगी
कुनै पनि महिला वा पुरुषको अनुहारमा दाग, डन्डीफोर आदि आउने समस्य छ भने उनीहरुले कागतीको प्रयोग गर्दा राम्रो हुन्छ । यसले छालामा समस्या उत्पन्न गराउने बेक्टेरियालाई मार्छ र छालामा ग्लो ल्याउछ । कागती पानीलाई फेशवाशको रुपामा पनि प्रयोग गर्न सकिन्छ, कनकि यसले अनुहारमा भएको डेड स्किन र एक्स्ट्रा ओइललाई पनि हटाउछ ।

भोक बढाउन मद्दत गर्छ
जसलाई खानामा अरुची हुने अर्थात भोक नलाग्ने समस्या छ । उनीहरुलाई कागती पानीको सेवनले भोक जगाउने काम गर्छ र यसले पाचन प्रक्रियालाई संतुलित गर्छ ।

कागती पानीले हेङओभर भगाउछ 
अधिक व्यस्तता, काम वा पार्टिका कारण टाउको दुख्ने, रिङगटा लाग्ने वा थकान महसुस भयो भने यस्तो अवस्थामा कागती पानी लाभदायक हुन्छ । यसले तपाईको शरिरमा तुरुन्त ताजगी पैदा गराउछ ।

कागतीले रुगा/फ्लू बाट बचाउछ 
जसलाई चिसो वा फ्लूको समस्या भईरहन्छ, उनीहरुलाई कागती पानी अधिक लाभदायक हुन्छ । यसले शरिरलाई डिहाईड्रेट हुनवाट वचाउछ । मनतातो पानीमा कागती र थोरै मात्रामा मह मिसाएर पिउदा अझ बढि प्रभावकारी हुन्छ ।

फुडपोईजनिङमा उपयोगी
फुड पोइजनिङ भयो भने कागती पानीको सेवनले फाइदा गर्छ । यसमा भएको एसिडले शरिरलाई लाभ हुन्छ र व्यक्तिलाई छिटो निको गराउन मद्दत गर्छ ।

पेट सम्बन्धी समस्यादेखि छुट्कारा
यदि बारम्बार गेस, कब्जियत, अपच जस्ता पेट संबन्धी समस्यहरुले सताईरहन्छ भने कागती पानीको सेवनले पेटलाई आराम दिलाउछ ।