विवाह पहिला साथीहरुसँग काजल अग्रवालले गरिन बेच्लर पार्टी, भाइरल भए यि फोटोहरु

सिंघम फेम र साउथकी पपुलर एक्ट्रेस काजल अग्रवालको  विवाहको खबरले अहिले सोशल मिडियामा चर्चामा बटुलेको छ । उनले आफ्नो विवाहको शुभ समाचार आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी छन् । उनी ३० अक्टुबरमा विवाह गर्ने भएकी छन । काजल साउथ फिल्मामा निकै लोकप्रयि छिन् । उनको राम्रो फयान फोलोइङ रहेको छ । काजलले २००४ मा फिल्म ‘क्यों हो गया ना’ बाट बलिउठमा इन्ट्री गरेकी हुन् । उनले २०११ मा रोहित शेट्ीको एक्सन ड्रामा फिल्म सिंघम बाट राम्रो चर्चा बटुलेकी थिइन् ।

काजलको हुनेवाला श्रीमानको नाम गौतम किचलू हो र उनी एक बिजनेसमेन हुन् । गौतम र काजलको इङ्गेजमेन्ट भैसको छ । उनीहरुको एरेन्ज कम लव मेरिज हो । काजलको विवाह नजिकीदै गर्दा उनले उनले आफना साथीहरुलाई बेच्लर पार्टि दिएकी छन् । जसको तस्विर अहिले सोशल मिडियामा छाएको छ । हेर्रौ उनका केही तस्विरहरु


काजलको यस बेचेल्र पार्टिको फोटोहरु उनकी बहिनी निशा अग्रवालले सोसल मिडियामा शेयर गरेकी हुन् ।

यस बेचल्र पार्टिमा काजल कालो कलरको ड्रेसमा देखिएकि छिन् । जसमा उनी निकै प्यारी देखिएकी छन । उनको मुहारको चमकले बताउँदै छ उनी कत्तिको खुशी छिन् ।

त्यस्तै काजलले टाउकोमा ब्लयाक कलरको हेयरबेन्ड लगाएकी छन् जसमा उर्नी स्विट देखिएकी छिन् ।

 

यस फोटोमा काजल आफ्नी बेस्ट फ्रेन्ड नेहा चोपडासँग मस्ती गरिरहेकी छन ।

 

खुशीको पल बिताउँदै उनीहरु फरक फरक पोजमा फोटो खिचाइरहेका छन् ।

 

 

सुत्रको अनुसार काजल मुम्बईको एक नीजि समारोहमा विवाह बन्धनमा बांधिन गइरहेकि छन् । जसमा कोरोनाका कारण परिवारका सदस्यहरु मात्र सहभागी हुनेछन् ।