दिर्पण यात्रीको शब्दमा ’मुटु मेरो चलाउने’ – हेरौं भिडियो

पवन भाट र समीक्षा अधिकारीको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।’मुटु मेरो चलाउने’ बोलको गीत दिर्पण यात्रीको शब्द रचना छ । गीतमा सङ्गीत तथा एरेन्ज पवन भाटक रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोमा देवेन्द्र बब्लु र गीता ढुङ्गानाको अभिनय रहेको छ । राम कुमार केसीले खिचेको भिडियोको निर्देशन शर्मा जीले गरेका हुन् ।

माया प्रेमको कुरा र भर्खर प्रेममा परेका जोडीको मनको भाव बोकेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।