कोरोनाबाट चितवन मेडिकल कलेजमा मृत्यु

असोज २०, काठमाडौ – चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।