थप २४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि प्रकाशित : २०७७ असोज १९ गते १६:३५ असोज १९, काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका छन् ।