बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना सङ्क्रमण

असोज १९, काठमाडौ-  दक्षिण भारतीय चलचित्रबाट चर्चित बनेकी बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोभिड १९ सङ्क्रमण भएको छ । उनलाई केही दिन पहिले देखी कोरोनाको लक्षण देखिएको थियो । लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी केही दिन यता एक वेब सिरिज को छायाङ्कनको लागी हैदरावादमा छिन् । यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि सङ्क्रमण भएको थियो । तर उनको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि कलाकार तथा फ्यानले तमन्नाका शुभचिन्तकले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उनी यति बेला हैदरावादकै एक निजी अस्पतालमा चिकित्सकको निगरानीमा उपचार गराइरहेकी छिन् ।