नूनको कमीले निम्त्याउन सक्छ यि घातक परिणाम

काठमाडौ-  रक्तचाप बढ्ने डरले बिलिनो खाना खाने गर्नु भएको छ ?यदि त्यसो हो भने सर्तक हुनुहोस । नुनको मात्रा खानामा आवश्यक्ता भन्दा धेरै कटौती गर्नु भयो भने यसले अन्य संक्रामक रोगहरुको सम्भावना बढाउन सक्छ । यो तथ्य लण्डन स्थित रोयल फ्री हस्पिटलले गरेको एक अध्ययनले देखएको छ ।

सोधकर्ताकाहरुका अनुसार आवश्यक्ता भन्दा कम नुन खानु पनि हानिकारक छ । खासगरी लामो समय सम्म नुनको मात्र कम खाँदा शरीरमा ‘इन्टरल्युकिन –१७’ को उत्पादन ठप्प हने गर्दछ । इन्टरल्युकिन –१७ एउटा श्वेत रक्त कोषिका हो जसले विषणुहरुको पहिचान गरि त्यसलाई नष्ट गर्न प्रतिरोधकतन्त्रलाई मद्दत गर्दछ । यसको कमीले मानिसको शरीरमा संक्रामक रोगहरुको संक्रमणको जोखिम बढाउने गर्दछ ।

किड्नी रोगीकालागि घातक

अध्ययन दलमा सामेल प्रोफेसर जेक पम्बेरटान व्हिलटी काअनुसार किड्नी रोगीहरुले चिकित्सकको सल्लाहा विना खानामा नुनको मात्र घटाउनु हुँदैन । खासगरी जिटेलमेन सिन्ड्रम र बार्टर सिन्ड्रमसँग जुझ्दै गरेका पेसेन्टहरुले त अझ बढि सजग रहनु पर्दछ किनकी यि दुई सिन्ड्रमबाट ग्रसित पेसेन्टको किड्नीबाट सोडियम छानिने प्रक्रिया एक दमै द्रुत हुने गर्दछ । यही कारण हो यस समस्याको चपेटमा आएका मनिसमा पटक पटक फंगल र मुत्र संक्रमणको समस्या आउने गर्दछ ।

डयबिटिजका विरामीपनि रहनु पर्छ सर्तक

पम्बेरटान व्हिलटीले भनेका छनकि डयबिटिज, थाइराइड र डिप्रेशनका विरामीले निरन्तर औषधी खाने भएमा विरामीलाई बारम्बार पिसाब आउने समस्या आउन सक्छ । यसले विरामीको शरीरमा सोडियमको मात्रा घट्ने जोखिम बढ्दै जान्छ । सोडियमको कमीले कमजोरी, चक्कर, सुस्ती, थकान र भ्रम जस्ता समस्याआउन सक्छ । अध्ययनको नतिजाहरु जर्नल नेचर कम्युनिकेशन्सको हालको अङ्कमा प्रकाशित गरिएको छ ।

शरीरलाई कति आवश्यक छ नून ?

एक स्वाथ्य वश्यक मानिसलाई दिनको २३०० मिलिग्राम अधिकतम सेवा गर्न उचित हुन्छ ।
अमेरिकी सिडिसीको रिसर्च अनुसार ३४०० मिलिग्रामभन्दा धेरै सोडियमको सेवन औसत बयस्यले गर्दै आएका छन । जुन शरीरको लागि हानिकारक हुन सक्छ ।

थप यी तिन खतरा पनि हुनसक्छ

अत्याधिक सोडियमको कमीले शरीरमा इन्सुलिन विरुद्ध प्रतिरोधक क्षमता विकसित हुने कारण तत्व बन्न सक्छ । जसले ब्लड सुगर बढ्न सक्दछ ।

शरीरको विभिन्न अंगमा रगतको आपुर्ति गर्न मुटुलाई सोडियमको आवश्यक्ता पर्दछ, यसको कमी ले हर्ट फेल हुने खतरा प्रवल हुन्छ ।
विभिन्न अध्ययन देखाएको छ सोडियको कमीले शरीरमा ब्याड कोलेस्ट्रल र ट्राईग्लिसराइडको मात्रा बढ्दछ जुन हृदयको लागि घातक हुन्छ । एजेन्सी