शनिबार बाँकेबाट ४२ जना डिस्चार्ज हुदै

असोज १७, बाँके – शनिबार बाँकेबाट ४२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज हुँदैछन ।

शनिबार बाँकेबाट कोरोना मुक्त भई डिस्चार्ज हुनेहरुमा १९ महिला र २३ पुरुष गरी ४२ जना रहेका जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले ईमेल खबरलाई बताए । उनिहरुलाई असोज ३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ८४ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १० सहित ४ सय जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ९ सय ९३ रहेको छ भने १९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।