पाचन प्रणालीमा हुने समस्या र योग

पाचन प्रणली

काठमाडौ-  हामिले खाएको खाना मुखमा दाँतले चपाउने र मुखबाट खानेनली हुदै आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा हुदै पाचन प्रक्रिया द्धारा खानालाई मसिनो बनाउने र सोस्ने काम काम हुन्छ । शरिरलाई नचाहिने अनावश्क पदार्थ मलका रुपमा मलद्धारबाट बाहिर आउछ । यसरी मुख देखि मलद्धार सम्मको सम्पूर्ण प्रक्रियालाई पाचन प्रणाली भनिन्छ।

पाचन प्रणालीका अङ्गहरु
१ मुख
२ खाने नली
३ आमासय
४ सानो आन्द्रा
५ ठुलो आन्द्रा
६ दिसा गर्ने ठाउँ (एनस)

पाचन प्रणालीमा हुने समस्याहरु
क.खाना निल्न गाह्रो हुने।
ख.पेट दुख्ने तौल घट्ने।
ग.खाना खाएपछि पेट सुन्निने।
घ.वान्ता आउला जस्तो हुने।
ड. कब्जियत हुने।

यस समस्याका दुइ  कारणहरु 
शरीरभित्र बाट हुने आन्तरीक कारण (यौगिक अनुसार सारा भनिन्छ )-इन्फ्लामेशन
शरीरबाहिरबाट हुने बाह्य कारण (यौगिक अनुसार सामान्य भनिन्छ) – (दुषित वातावरण,दुषित खाद्य पदार्थ,तथा तनावले मानिसको पाचन प्रणालीमा समस्या आउछ।पाचन प्रणालीमा हुने समस्यालाइ यौगिक बिधि९प्राकृतिक चिकित्सा र योग०द्धारा निम्न तरीकाले रोगलाई कम गर्न सकिन्छ।

प्राकृतिक चिकित्सा र योग
पाचन प्रणालीलाई स्वस्थ राख्न प्राकृतिक चिकित्सा तथा योग आसनहरुको महत्वपूर्ण भूमिका रहन्छ। प्राकृतिक चिकित्सामा पेटका लागि कुन्जल क्रिया अति नै महत्वपूर्ण मानिन्छ। कुन्जल क्रियाले आमाशयमा जम्मा भएको अम्ल, पित्त तथा विषात्त पदार्थहरु बाहिर फयाँक्न सहयोग गर्छ। यसैगरी शशङ्कासन, पवनमुक्तासन तथा भुजांगासन जस्ता आसनहरु पाचन प्रणालीको स्वास्थ्यमा निकै लाभकारी मानिन्छन्। त्यसैले कुन्जल क्रियाद्वारा पेट सफा गर्ने, योगासनहरु गर्ने तथा उचित आहारबिहार पालना गर्ने हो भने पाचन प्रणाली स्वस्थ रहन्छ, जसले गर्दा प्रचानप्रणालीका समस्याहरुबाट मात्र होइन मानसिक समस्याहरुबाट समेत मुक्ति मिल्न सक्दछ।

कुन्जल गर्ने तरीका

यो प्रायः बिहान गरिन्छ तर यो दिनको कुनै पनि समयमा आवश्यकता अनुसार गर्न सकिन्छ । कुञ्जल क्रिया गर्दा कम्तीमा दुई लिटर पानी अट्ने जग र बाल्टिन आवश्यक हुन्छ । त्यसपछि त्यसमा दुई लिटर मनतातो पानीमा दुईचियाचम्चानुन राख्नुहोस् ।त्यसपछि कागासनको मुद्रामा बसेर त्यो मनतातो पानी बिस्तारै पिउनुहोस् । धेरै मानिसहरू आरामले दुई लिटर पानी पिउन सक्छन्, तर केहीले केवल एक लिटर मात्रै पिउन सक्छन् ।

पानी त्यतिबेलासम्म नियमित पिइरहनुपर्छ, जतिबेलासम्म वान्ता हुन्छ कि भन्ने महसुस हुँदैन । वान्ता हुन्छ कि जस्तो भएपछि रोकिनुहोस् र आफ्नो दिमागलाई हल्का पार्नुहोस् । त्यसपछि फेरि पानी पिउन सुरु गर्नुहोस् ।

केही समयमा फेरि वान्ता होला जस्तो महसुस हुने गर्छ । त्यसकारण नआत्तिई शान्तिपूर्वक उभिनुहोस् । दुवै खुट्टालाई मिलाउनुहोस् र तिनीहरूलाई कम्मर र खुट्टाको बीचमा नब्बे डिग्री कोणमा सीधा राख्नुहोस । बायाँ हात पेटमा राख्नुहोस् र पेटथिच्नुहोस् । हातका औंलाहरू ९माझी औंंला र चोरी औंला० मुखभित्रै लैजानुहोस् । यी दुई औंलालाई जिब्रोको अन्तिम भागसम्म लैजानुहोस् ।

यो गर्नेबित्तिकै तपाईंलाई बान्ता आउछ । वान्ता हुनेबित्तिकै औैंलालाई बाहिर निकाल्नुहोस।वान्ता हुँदै गएपछि मुखबाट बिस्तारै अमिलो र तीतो पानी बाहिर आउँछ । जब यस्तो पानी आउँछ, बुझ्नुहोस् कि तपाईंको काम सम्पन्न भयो । यस कुञ्जल क्रियाले हाम्रो पाचन प्रणालीलाई स्वस्थराख्न निकै नै सहयोग पुग्दछ। यो कुञ्जल क्रिया हप्ताको एक वा दुईपटक गर्न सकिन्छ।

भुजङ्गाशन गर्ने तरीका

शशङ्काशन गर्ने तरीका

पवनमुत्तासन गर्ने तरीका

सात्विक आहार

गणेश गैरे (Msc yoga therapist)