प्रविधिको विकाससँगै बालविवाह बढ्दै गयो

म भावना भूसाल । म सचेतन किशोरी क्लबकी अध्यक्ष हुँ । हामी बालबालिकाको अधिकारका लागि केही समययता क्रियाशिल छौ । बाल विवाह यहाँको प्रमुख समस्या मध्ये एक हो । बाँकेमा वर्षेनी ८० प्रतिशत बाल विवाह हुने गरेको पाइएको छ । यति मात्रै होइन यहाँका बालबालिका, किशोर र किशोरीहरु निकै नै समस्यामा छन् । उनीहरुको हकहितको लागि शसक्त आवाज उठाउनको लागि क्लबको स्थपना भएको हो ।कोहलपुर बाल विवाह मुक्त बनाउने हाम्रो प्रमुख उद्धेश्य हो ।त्यसको लागि हामीले यहाँ बाम्बार विभिन्न कार्यहरु गरिरहेका छौ । हामी हरेक समय यसैमा लागिरहेको अवस्था छ । यो एउटा अभियान हो । संघर्षको एक पाटो समेत हो । यसलाई हामी संस्थागत गर्नको लागि लागिपरेका छौ । यसमा पछिल्लो समय धेरै किशोरीहरु आवद्ध भइरहेका छन् । यदि कोही किशोरी क्लबमा आवद्ध हुन चाहयो भने सर्वप्रथम हामी उहाँको अभिाभावकसँग परार्मश गर्छौ । सम्बन्धित किशोरीको पनि राय बुझने काम हुन्छ । यहाँ बालबालिका धेरै समस्यामा छन् ।बहुआयमिक समस्याको चपेटामा बालबालिका छन् । कोरोना कहरका समयमा झन समस्यामा रहेको पाइएको छ ।

विद्यलय भन्दाको मार विद्यार्थी भन्दा कसले खेपेको होला । पछिल्लो समय समस्याका रुमा सामाजिक सञ्जाल देखिएको छ । लामो समय बिनाकाम बस्नु परेका कारण उनीहरु यसैमा धेरै समय विताउने काम भइरहेको छ । विशेषगरि किशोर किशोरीहरु यसमा धेरै समय बिताउने गरेको देखिन्छ । बाल विवाहको अर्को कारण पनि यो बनेको छ । साना बालबालिका पनि विद्यालय नलाग्ने भएकाले प्रविधिको पहुँचमा भएकाहरु गेम देख्ने, सिरियलहरु हेर्ने र प्रविधिको पहुँचमा नभएकाहरु खेलेरै समय बिताउने गरेका छन् । स्थानीय सरकारको कुरा गर्ने हो भने बालबालिकाका मुद्धामा केन्द्रीत नै हुनुहुन्छ जस्तो मलाई लाग्छ । बालबालिकाहरुका लागि सरकारी संयन्त्रहरु पनि धेरै छन् । कोहलपुरमा समेत महिला तथा बालबालिका शाखा छन् ।यस अन्य थूप्रै संरचनाहरुले काम गरिरहेका छन् । तर अहिले कोरोना महामारीको समयमा चाँही बालबालिका सम्बन्धि हुनुपर्ने क्रियाकलाप ठप्प जस्तो छ ।हामीले पनि धेरै काम गर्न पाएका छैनौ ।यहाँका जनप्रतिनिधिहरुले हामीलाई अहिले सम्म सहयोग गर्दै आउनु भएको अवस्था छ ।

म ६ कक्षा पढ्दा देखि नै यस क्षेत्रमा लागेको हो । विद्यालय स्तरीय विभिन्न क्रियाकलापमा सधै सहभागी भइरहनथे । स्कूलका अन्य काममा समेत सहभागिता जनाउने ।मेरो सहभागितालाई र सक्रियता देखेर सबैले राम्रो गर्नु भयो, कति धेरै राम्रो छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै जानु भन्नु हुन्थ्यो । शिक्षक र साथीहरुको हौसलाले मलाई सामाजिक क्षेत्रमा लाग्छ प्रेरणा दिएको हो । घरबाट पनि मलाई राम्रो कुराहरुमा कहिल्यै पनि बन्देज भएन । आमा बुवाहरुले पनि मेरो कामलाई सर्पोट गर्नुभयो । यस क्षेत्रमा लाग्ने मेरो प्रेरणा भने कै मेरो साथीहरु, शिक्षक र अभिभावक हुन् ।यस पटक मेरो एसइई थियो । कोरोनाका कारण भएन । रिजल्र्ट प्रकाशित भइसकेको छ । अन्य तयारी पनि यस अवधिमा गरे । तर अध्यय नै प्रभावित हुने गरी मैले सामाजिक कार्यलाई लिएकी छैन । केही गतिविधि गर्नु पर्ने भयो भने, हामी शुक्रबार अथवा सनिबार गर्छौ । अरु बेला पनि त्यस्तो पढाई नै प्रभावित हुने गरेर पनि काम हुदैन । यसमा सबै भन्दा महत्वपूर्ण मैले समय व्यवस्थापनलाई लिएकी छु । मैले अहिले सम्म गरिरहेको पनि त्यही हो ।


बालबालिकाको अधिकारका लागि क्रियाशिल सचेतन बालक्लब कोहलपुरकी अध्यक्ष भावना भूसालसँग इमेल खवरले गरेको कुराकानीमा आधारित