लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ

असोज ९, काठमाडौ-  झापाको अर्जुनधारा ११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड(२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन ।

बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ । बिशेष सुराकका आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।