बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

असोज ८ बुटवल – प्रस्तावित लुम्बेनी प्रदेशको राजधानी बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संज्ञmमण पछि नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको हो ।

कपिलवस्तु बुद्धभुमि नगरपालिका–६ का ५० वर्षीय पुरुष र नवलपरासी पश्चिम रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुर्दशन थापाले बताए ।

कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा उपचारत दुवैको बिहीबार बिहान मृत्यु भएको हो ।

मृत्यु भएका कपिलवस्तुका पुरुष मधुमेह र मिर्गौलाका दिर्घरोगी थिए भने नवलपरासी पश्चिमका पुरुष कलेजो र मिर्गौलाका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।