भायानेटको ब्राण्ड एम्बेसडर बने निश्चल र स्वस्तिमा

असोज ७, काठमाडौ – नेपाली चलचित्रका सफल रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का आइएस्पी कम्पनी भायानेटका ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन् ।

विगत २० वर्षदेखि ग्राहकको सेवामा रहेका भायानेटले हरेक वर्गका दर्शकमाझ परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवर्धन प्रभावकारी ढङ्गले आफ्ना ग्राहकहरू समक्ष ल्याउनको लागि आबद्ध गरेको बताएको छ ।

भायानेटका सिइओ सेवा पाठकले पनि भायानेटको लागि ब्रान्ड एम्बेस्डरको रूपमा निश्चल र स्वस्तिमालाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताइन् ।