थप १ हजार ३५६ संक्रमित थपिए

असोज ६, काठमाडौं – नेपालमा आज थप १ हजार ३५६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको गौतमले बताए ।