पहिरामा पुरिएर दुई पैदलयात्रीको मृत्यु

असोज ६,  गुल्मी  – इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

सोमबार राती पहिरो जादा दुई पैदलयात्रको मृत्यु भएको गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बिष्टले इमेख खवरलाई बताए ।

उनका अनुसार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेहरुमा इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमाल रहेका छन् ।