चिकित्सक संघले भन्यो : सरकार केसीका माग सम्बोधन गरियोस

असोज ४, जुम्ला – नेपाल चिकित्सक संघ कर्णाली शाखा जुम्लाले डाक्टर गोविन्द केसीका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

भाद्र २९ गतेदेखि जुम्लामा सत्याग्रह गरिरहेका केसीको माग प्रति एकसाता वितिसक्दा समेत सरकारले गम्भीरता नदेखाएको भन्दै जायज मागहरुको सम्बोधन गर्न गर्न माग गरेको हो ।

आइतबार एक प्रेस विज्ञप्तिमा जारी गर्दै संघले सत्याग्रहको सातौ दिन सम्म पनि सरकारले कुनै तत्परता नदेखाएको र उनको स्वास्थ्य अवस्था नाजुक भन्दै गइरहेको भन्दै जीवन रक्षाको माग समेत गरेको छ ।

संघका सचिव डाक्टर हरिहर देवकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा केसीको स्वास्थ्य अवस्था विग्रदै गइरहेको भन्दै स्थानीय प्रशासनले अस्पतालमा लिएको भएपनि स्वास्थ्य जाँच गर्न नमानेको उल्लेख गरिएको छ ।

शनिबार रातीले प्रहरीले केसीलाई जवरजस्ती अस्पताल लिएको थियो । केसीले पनि सरकारले आफ्नो माग पुरा गनुएको साटो अपहरण शैलीमा अस्पताल पुयाइएको भन्दै माग पुरा नहुदाँ सम्म स्वास्थ्य जाँच नगर्ने अडान राखेका छन् । उनी अहिले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन् ।