यसवर्षको मदन पुरस्कार महारानी र जगदम्बाश्री शान्ति ठटाललाई

असोज ,४ काठमाडौं -यस वर्षको मदन पुरस्कार उपन्यास महारानीले पाएको छ ।

चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले नेपालको सबै भन्दा ठूलो राशीको पुरस्कार प्राप्त गरेको हो ।

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

यी दुबै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।