’दिलको राजधानी’मा दुर्गेश र शिल्पाको अभिनय

असोज ४, काठमाडौं – बिन्दु परियार र विक्रम परियारको स्वर रहेको गीत ’दिलको राजधानी’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा राजेश बर्देवाको सङ्गीत, कृष्ण कँडेलको शब्द रचना तथा राजेश बर्देवा कै एरेन्ज रहेको छ । युट्युब मार्फत सार्वजनिक भएको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र गायक मोडल दुर्गेश थापा फिचर्ड छन् ।

भिडियोमा शिल्पा र दुर्गेशका साथमा रवीन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ । रोमान्टिक शैलीमा निर्माण भएको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्

भिडियोमा प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन देख्न सकिन्छ । गीत राजेश बर्देवाको युट्युब च्यानलमा उपलब्ध छ ।