जुम्लामा डा.केसीको पक्षमा हस्ताक्षर अभियान देखि दीप प्रज्वलन -हेरौ तस्बीर 

असोज ३,जुम्ला – चिकित्सा शिक्षा अभियान्ता डाक्टर  गोबिन्द केसी  ६ दिनयता जुम्लामा सत्याग्रह गरिरहेका छन् । स्वास्थ्य क्षेत्रका सुधारको माग गर्दै उनी  दोस्रो पटक जुम्लामा सत्याग्रह बसिरहेका हुन् । यस अघि उनी २०७५ सालमा समेत जुम्लामा अनसन बसेका थिए । छैटो दिनमा आइपुग्दा  उनको स्वास्थ्य अवस्था भने दैनिक बिग्रदो अवस्थामा छ ।
 चिकित्सकहरुले उनलाई अस्पताल लैजानु पर्ने सुझाव दिएका छन् । उनको अनशनस्थलमा गएर ऐक्यबद्धता जनाउनेको संख्या बढ्दै गएको छ। उनको पक्षमा सरकारलाई दबाब दिनको लागि नागरिक समाज जुम्लाको आयोजनामा हस्ताक्षर अभियान सञ्चालन  गरिएको छ । समाजले संबिधान दिवसको साँझ केसीको  सत्याग्रहको समर्थनमा जुम्लाको कृष्ण मन्दिर अगाडि दीप प्रज्वलन  गरेको छ ।

केसीको सत्याग्रहको समर्थन गर्दे आएका नागरिक अगुवा महेन्द्र कार्कीले उनको समर्थनमा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै दीप प्रज्वलन गरिएको  इमेल खवरलाई जानकारी दिए । उनको पक्षमा देशभर समर्थन समेत बढ्दै गइरहेको छ ।