ध्रुव दत्तको लघु चलचित्र ’शून्य’ सार्वजनिक(भिडियो)

असोज १, काठमाडौं- लघु चलचित्र ’शून्य’ सार्वजनिक भएको छ । कलाकार ध्रुव दत्तको अभिनय रहेको चलचित्रलाई सनम वैरागले निर्देशन गरेका हुन् ।

कोरोनाले गर्दा उत्पन्न परिस्थिति माथि आधारित चलचित्रले विदेशमा रहेर काम गरिरहँदा आफ्नो जन्मभूमि फर्किन नपाएको पीडा समेटेको छ ।

सन्तकुमार राईको छायाङ्कन रहेको चलचित्रले कोरोना महामारीले कसरी मान्छेलाई पिडादायक स्थितिमा पु¥याएको छ भन्ने देखाएको छ ।
बेलायतमा रहेर कलाकारिता गर्दै आएका दत्तले अभिनय गरेका ‘तीन घुम्ती, लिलीबिली, आवेग, दि प्लान’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।