’पानी पिउने बहानामा’ रियाशा र कमलको अभिनय

भदौं ३०, काठमाडौं –  गायक कमल खत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ’पानी पिउने बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।

योर स्टाइल प्रोडक्सनको प्रस्तुति यस गीतमा सुमन योञ्जनको शब्द रहेको छ भने सङ्गीत गायक खत्री कै रहेको छ । गीत रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा रियाशा दाहाल, कमल खत्री, दीपक घिमिरे र विशाल रेग्मी फिचर्ड छन् ।

नितीन चन्दले निर्देशन गरेको गीतको भिडियोमा विशाल महराको कोरियोग्राफी रहेको छ । भिडियो रुपेश थापाले खिचेका हुन् ।