उपत्यकामा आज ५१२ जनामा कोरोना संक्रमण पुष्टि

भदौ २९, काठमाडौ – काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा  ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ । काठमाडौका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।