कोरोना जितेका सापकोटाको अनुभव-‘सजिलो छैन कोरोना जित्न’

भदौ २९, काठमाडौ – गुल्मी घर भएका टिकाराम सापकोटा कोरोना पराजीत गर्न सफल भएका छन् । काठमाडौको गंगबुमा बस्दै आएका उनी तत्कालीन नेकपा एमालेका विभिन्न तहमा रहेर राजनीतिक कर्ममा सक्रिय छन् । यसका साथै शैक्षिक क्षेत्रमा उनको लामो योगदान छ । उनि टाइम्स कलेजका अध्यक्ष समेत हुन । संक्रमण मुक्त भएपछि सापकोटाले इमेलखबर संग राखेको कोरोना अनुभुति-

कोरोना भाइर सर्ने विषयमा निकै सचेत थिए । गोजीमा सेनीटाइजर अनिवार्य राखेर हिड्थे । साथीभाई संगको भेटघाटमा कटौति गरेको थिए । कहिले काहि मात्र अर्को व्याक्तिको सम्पर्कमा आएका थिए । त्यो पनि सामाजिक दुरी कायम गरेर मास्क लगाएर कुरा हुन्थ्यो । म प्रेसरको रोगी छु । दुई पटक अप्रेसन नै गरेको शरिर हो मेरो । दिर्घ रोगीलाई कोरोन भाईरसले छिट्टै समाउदै आएको केश देखेको थिए । यसले पनि म आफु बढी सचेत भएर पिपीइ अपनाउदै आएको थिए । लकडाउन अलि खुकुलो भएपछि मैले संचालन गरेको क्याम्पसमा पुग्न थाले । तर, त्यहा पुरै सुरक्षा अपनाउथे । कसैसंग सम्पर्कमा आइन् । यति सुरक्षा अपनाउदा समेत कोरोना सर्ला भनेर मैले कल्पना समेत गर्न सकेको थिइन् ।

सुरक्षा अपनाउदा अपनाउदै पनि म कोरोना भाईसबाट उम्कन सकिन् । दुई चार दिन सामान्य ज्वरो आयो । निको हुन्छ भन्ने आशामा समान्य लिए । तर, ज्वरोको पारो झनै बढ्दै गयो । श्वास फेर्न समेत सास्ती हुन थाल्यो । शारिरीक रुपमा कमजोर हुन थालेको महशुस गरेपछि म टिचिङ अस्पताल पुगे । कोरोना संक्रमण भएको नतिजा चिकित्सकको मुखबाट सुन्दा पत्याउनै गाह्रो भएको थियो । डर, त्रास संगै चिन्ता पनि बढ्यो । अझै चिन्ता घरपरिवारमा थियो ।

अस्पतालमा भर्ना भए । आइसोलेसनमा बस्दाको कष्टकर अनुभुति मैले जीवन भर भुल्न सक्दीन् । उपचारका क्रममा हुदा ज्वरोको पारो घट्दै घटेन । खानामा रुचि ठप्पै हुन थाल्यो । खादै नखाए रोग संग लड्ने शक्ती कसरी जुटाउने ? मनले आफै बिचार गर्यो । मिठो नभई नभई खान्थे खाना । ब्लड प्रेसमा उतारचडाव आउथ्यो । कोरोनाले म पल पल थलिदै थिए । मलाई उपचार संगै माया र आत्मविश्वासको खांचो थियो । फेशबुक, भाइबर, म्यासेन्जर र फोनहरुबाट साथीले शुभलाभसहितको सानो म्यासेज आउदा पनि मन खुसिले गद्गद् हुन्थ्यो । त्यो नै एउटा मात्र दरिलो साहारा हुन्थ्यो ।

पहिला देखि नै विरामी मान्छे । औषधि पनि प्रयोग गरिरहेको मान्छे । म आफूलाई सधै क्रियाशिल राखि रहन्थे । तातोपानी भने म एकदमै धेरै प्रयोग गर्थे । अलिकति समय मिलाएर पढ्छु भन्छु । मनमा अनेक खालका कुरा खेल्ने, एउटा कुरा सोच्छु । अर्कोमा डाइबर्ट हुने । कहिले काही त सम्हाल्न समेत गाह्रो हुने अवस्था आयो । मन जति दह्रो बनाउनछु क्षणभर मै उति कमजोर हुन्थ्यो । १४ दिनको कठोर आइसोलेसनमा बस्दा म झन झन कमजोर हुदै गए । डाक्टरहरुले अण्डा बढि खान भन्थे । मलाई आफै बनाउथे । पानी पनि आफै तताउथे । पछि त त्यहि पानी तताउन सक्ने क्षमता रहेन म मा । शरिर कमजोर हुदै गर्दा जीवनको महत्व बढ्दो रहेछ । आफन्त, साथीभाई, परिवारको सम्झना आउदोरहेछ । आफुले गरेका राम्रो र नराम्रो कामको समीक्षा हुदोरहेछ ।

पछि म आफू भन्दा पनि ८० कटेका बाउ आमा सम्झिन थाले । राजनीति गर्दा संघर्षका दिन सम्झिन थाले । सहपाटीहरु झल्झली मानसपटलमा आउने । छोराछोरी एक लेवलमा पुगका छन, म नहुदा पछि के गर्लान ? श्रीमतीको हालत कस्तो होला ? आफू जन्मेको र वालापन विताएको थातथलो भदौरे वाढी झै मन भरी उर्लिएर आयो । मानौ म मृत्यु शैयामा छु, एक पटक जन्म थलो टेक्न पाए हुन्थ्यो भन्ने अन्तिम चाहाना हुरुक्क भएर आयो । म पुरै शिथिल र नाजुक अवस्थामा पुगे ।

कोरोना लागेका विरामीलाई उपचार संगै आत्मविश्वासको खांचो छ । मायाको खांचो छ । परिस्थीति यस्तो छ कि कोरोनाका विरामीले रोगसहित अपहेलाना समेत खेप्नु पर्छ । यो दोहोरो मार हो । सरकारले उपचारार्थ विरामीको औषधी, बसोबासको उचित व्यवस्थापन र माया सहितको उपचार दिनु पर्ने अनिवार्य हो । सुरक्षा अपनाएर उपचार गर्नु पर्छ । तर, कोरोनाका विरामी देख्ने बित्तिकै छिछि दुरदुर गर्नु हुदनै । यसले पीडामाथि पीडा बोध गराउछ ।

आइसोलेसनमा बस्दा कहिले कँही सिस्टरहरु आउंथे । सोध्छन्, जान्छन् । कता कता राक्षसको जस्तो व्यवहार भएको अनभूति हुन्थ्यो । यस्तो अवस्थाले डाक्टरले एक पटक पूर्ण सुरक्षाका साथ छोयो भने मात्र पनि आधा डर भाग्थ्यो भन्ने आशा लाग्थ्यो । तर त्यो पाउन गारो थियो । कोरोना भाइरसका विरामीलाई मनोपरामर्श अति आवश्यक देखे । उपचार पछि म कोरोना मुक्त त भए तर, अहिले पनि त्यो डर र त्रासले मन अमिलो भइहरेकाछ ।

म निको कोरोना मुक्त भए । घरमा गएर परिवार भेट्न आतुर थिए । तर, घरमा छोरा र पत्नीलाई पनि संक्रमण भएको सुनेपछि फेरि पीडा ताजा भएको छ । उनीहरु घरमै आइसोलेसनमा छन् । १४ दिनको माया विहीन विरामी निकोभएर परिवार समक्ष जान्छु भन्ने चाहना अपुरो छ । म अहिले सुन्धाराको एक होटलमा बसेर छोरा र पत्नीको स्वाथ्यलाभको कामना गरिरहेको छु । कोरोना जित्न सजिलो छैन । र जित्न नसक्ने रोग पनि होइन् । प्रेम, प्रेरणा, अँत्मविश्वास र उपचारले छिट्टै निको हुन सकिन्छ । अहिले म मेरो परिवारको दिनरात आरधना गर्छु । छोरा र पत्नी कोरोना मुक्त भएर छिट्टै एक साथ घरमा बस्न मिल्ने त्यो दिनको प्रतिक्षामा छु । आशा छ, छिट्टै सपना पुरा हुन्छ ।