सुरेश वाग्लेको गजल गीतमा उदय र मनिलाको स्वर (भिडियोसहित)

भदौं २८, काठमाडौं – गीतकार सुरेश वाग्लेको नयाँ गजल गीत ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक गरिएको छ ।

गीतमा अग्रज संगीतकार तथा गायक उदय सोताङको संगीत तथा उनै सोताङ दम्पतीको स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोमा उनै उदय र मनिलाको अभिनय देख्न सकिन्छ ।

सान थापाको निर्देशनमा तयार गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।