’साइँली’ जोडी ’ गाउँघरमा रमाउदै

भदौं २७, काठमाडौं  – गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ’गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो ’साइँली’बाट निकै चर्चामा आएका गौरव र मेनुकाको जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिएका छन् ।

साजन राईको आवाज रहेको गीतलाई रमेश कार्कीले लेखेका हुन् भने सङ्गीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् ।

भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।