‘कोरोना संक्रमण बढ्दो छ, तर नियन्त्रण भन्दा बाहिर छैन’

भदौ २६, बाँके –भारतसँग सिधा सीमा नाका जोडिएको प्रदेश नम्बर ५ का जिल्ला मध्ये एक बाँके पनि हो । रुपैडिया यहाँको प्रमुख नेपाल– भारत सिमा नाका हो । यहाँबाट दैनिक हजारौ मानिसहरुको आवातजावत हुने गरेको छ । कोरोना कहरका कारण सरकारले चैत्र ११ गते लकडाउनको घोषणा ग¥यो । त्यसको करिब १ महिनाको अवधिमा बैशाख १९ गते पहिलो पटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । उनी भारतबाट नेपाल छिरेका थिए लकडाउन कै समयमा । उनीसँगै बाँके, बर्दिया देखि कर्णालीका नागरिक समेत थिए । त्यसपछि बाँकेमा कोरोना संक्रमण निरन्तर बढ्दो छ । पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या मात्रै १५ सयको हाराहारीमा छ । अहिले सम्म यहाँ १ हजार बढिले कोरोना जितेर घर गइसकेका छन् । कोरोना संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकाले जोखिम समेत उत्तिकै छ । कोरोना महामारी कै विषयमा केन्द्रीत रहेर संक्रमणको अवस्था, प्रयास र चूनौतीका विषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङसँग इमेल खवरले गरेको संक्षिप्त कुराकानी –

बाँकेमा कोरोना संक्रमण पछिल्लो अवस्था के छ ?

बाँकेमा अहिले लक्षण सहितको कोरोना संक्रमित थपिरहेका छन् । बाँकेमा अहिले निरन्तर संक्रमण बढिरहेको छ । धेरै डर लाग्दो अवस्था भने छैन । बाँकेमा नेपालगञ्व मेडिकल कलेज कोहलपुरमा १ सय बेड र भेरी अस्पतालमा ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा छ । संक्रमितको संख्या हजार क्रस भइसकेको अवस्था हो । अन्य जिल्लामा भन्दा फरक हामीले गरेका छौ । सबै संक्रममितलाई आइसोलेनमा राखेका छौ । कोरोना जित्नेहरुको संख्या समेत बढ्दो क्रममा छन् । अहिले खजुरामा निधेषाज्ञामा छ । अन्य ठाउँमा कोरोना संक्रमित बढिरहेको भएपनि सबैलाई दु्रत गतिमा व्यवस्थापन हुने गरेको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि कस्ता प्रयास भएका छन ?

पीसीआरको दायरता बढाइरहेका छौ । पैसा तिर्न सक्ने संक्रमितलाई होटल आइसोलेसनमा राख्ने काम भइरहेको छ । पैसा तिर्न नसक्नेलाई भने स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसनमा उपचार गर्ने गरेका छौ । सीमा क्षेत्रमा निकै कडाइ गरेका छौ । यस्तै हप्तामा दुई दिन जिल्लाभर कडा खालको निषेधाज्ञा गर्ने गरेका छौ । पाँच दिन मानिसहरुको जीवन रक्षाका लागि सुरक्षा सुहित आवातजावातमा केही खुकुलो बनाएका छौ । यस्तै स्वास्थ्य सम्बन्धि मापदण्ड गर्ने अनिवार्य पुरा गर्नुपर्छ सोही अनुसार हामीले प्रयासहरु थालेका छौ । हाम्रो अभियान निरन्तर छ ।

कोरोना संक्रमितको उपचार र रेखदेखको लागि कसरी काम भइरहेको छ ?

पक्कै पनि यहाँ दुई प्रकारका संक्रमित देखा गरिरहेका छन् । अलि पहिला कोरोनाका कुनै पनि लक्षण नभएका संक्रमित थिए । अहिले भने लक्षण सहितका कोरोना संक्रमित देखिरहेका छन् ।गम्भीर खालका संक्रमितको लागि सुविधा सम्पन्न अस्पताल र चिकित्सकहरुको व्यवस्था गरेका छौ । लक्षण सहितका संक्रमित कोहलपुरमा उपचार गरिरहनु भएको छ । यस्तै भेरी अस्पतालमा समेत उनीहरुको उपचार हुने गरेको छ । यस्तै हामीले बाँके जिल्लाका कोरोना संक्रमितको उपचार छ गरिरहेका छौ । अन्य जिल्लाका कोरोना संक्रमितको उपचार गराउनु पर्ने अवस्था छ । अन्य जिल्लाबाट यात्रा गरेर आउने भएकोले केही समस्या छ । तर पनि संक्रमितको उपचारमा कुनै पनि कसर बाँकी राखेमा छौ ।

जिल्लामा कोरोना संक्रमण रोकथामका चूनौती के हुन् ?

अहिलेको अवस्था आफैमा चूनौतीपूर्ण हो । विश्वभर फैलिएको कोरोनाको विरुद्धको एक प्रकारको युद्ध लडिरहेको अवस्था छ । हामीले पनि जिल्लाबासीको सुरक्षाको लागि निरन्तर लडिरहेका छौ ।यहाँको कोरोना रोकथामको चूनौती भनेको नियमको पालना नगर्नु, लुकिछिपी सीमा वारपार गर्ने नै हो । सीमामा कडाई गरिएपनि लुकिछिपी आउने गरेको पाइन्छ । यहाँको अर्को समस्या कोरोना संक्रमण पुष्टि भएपछि भाग्ने र सम्पर्कमा नआउने रहेको छ । तर हामीले रहेक क्षेत्रमा कडाई गरिरहेका छौ । छिट्टै कोरोनाको संक्रमण अन्त्य हुने हाम्रो अपेक्षा भएको छ ।