कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७७ लाख नाघ्यो

भदौ २६,एजेन्सी  – कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७७ लाख नाघेको छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५० हजार ३ संक्रमित थपिएका छन् ।  कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ९९ हजार ९१६ को मृत्यु भइसकेको छ ।