’घाँसको माया गाईलाई’मा एलिजा र दुर्गेशको अभिनय

भदौ २६, काठमाडौ –’घाँसको माया गाईलाई’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

गीतमा राजनराज शिवाकोटी र रेखा ढुङ्गाना कटवालको स्वर रहेको छ । भने गीतका रचनाकार राजेन्द्र थापा हुन् । बिहीबार सार्वजनिक भिडियोमा नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनय रहेको छ । गीतमा गायक शिवाकोटी कै सङ्गीत रहेको छ । रामजनक कटवाल निर्माता रहेको भिडिओको कोरियोग्राफी शिव बि.कले गरेका छन् ।

भिडिओको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । भिडियोमा एलिजा र दुर्गेशको साथमा बाल कलाकारमा भेनस विक्रम कटवालको पनि अभिनय रहेको छ ।

भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।