भदौं २४, काठमाडौं – उपत्यकामा निषेधाज्ञा केहि खुकुलो हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि खुकुलो बनाउने निर्णय गरेका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार सवारी साधनमा जोर, बिजोर प्रणली लागु हुने भएको छ । त्यस्तै खाद्यान्न लगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न पाइनेछ ।
उपत्यका बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनका हकमा यसअघिकै निर्णय लागू हुने बताइएको छ।
