कङ्गनाविरुद्ध देश द्रोहको मुद्दा चलाउन माग सहित उजुरी दर्ता

भदौं २४, एजेन्सी – बलिउड अभिनेत्री कङ्गना रनावतविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

उनलाई देश द्रोहको मुद्दा चलाउन माग गर्दै शिव सेनाले प्रहरीमा उजुरी दर्ता गराएको हो । कङ्गनामाथि मुम्बईको तुलना पाकिस्तान अधीनस्थ कश्मीर (पीओके)सँग तुलना गरेको भन्दै राजद्रोहको मुद्दा चलाउन उजुरीमा माग गरिएको गर्दै शिवसेनाको आइटी सेलले मुम्बईको ठाणेस्थित श्रीनगर पुलिस स्टेसनमा कंगनाविरुद्ध उजुरी दर्ता गराएको हो ।

सुशान्त सिंह राजपुत मुद्दामा शिव सेना नेतृत्वको महाराष्ट्र सरकारमाथि कङ्गनाले लगातार निष्पक्षताको प्रश्न उठाएपछि शिव सेनाका नेता कार्यकर्ताहरू उनी विरुद्ध खनिएका छन्।

शिव सेना नेता सञ्जय राउतसँग त जुहारी नै चलेको छ । सञ्जयले कङ्गनालाई मुम्बई नै नआउन धम्की दिएपछि केन्द्र सरकारले कङ्गनालाई वाई श्रेणीको सुरक्षा प्रदान गरेको छ ।

केन्द्रीय गृह मन्त्रालयले सुरक्षा खतरा आङ्कलन गर्दै सोमवार कङ्गनालाई ‘वाई’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो । विवादबिच सञ्जयका समर्थकहरूले कङ्गनालाई मार्ने धम्की समेत दिएका छन् ।