भदौ २५ गतेसम्म राजस्व संकलन गर्न बैंकका सबै शाखा खोल्न निर्देशन

भदौं २३, काठमाडौं –  नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका  सबै काउन्टर खुला गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले राजस्व बुझ्ने प्रयोजनका लागि भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पुर्ण काउन्टर खुला गर्न निर्देशन दिएको हो ।

राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् ।

यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन् । अब भदौ २३ देखि २५ गतेसम्म भने बैंकहरुले सबै काउन्टर खोल्नु पर्ने भएको हो ।