‘लज्जावती झार’ मा आँचल र असीमको अभिनय – हेरौ भिडियो

 

भदौं २३,काठमाडौं –  गायक महेश काफ्लेको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘लज्जावती झार’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा महेशलाई गायिका अस्मिता अधिकारीले आवाज दिएर साथ दिएकी छिन् ।

सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक महेश स्वयंको रहेको छ । प्रेम भावको गीतको सार्वजनिक भिडियोमा गायक महेश काफ्ले, अभिनेत्री आँचल शर्मा र असीम शाह फिचर्ड छन् । भिडियो आसिफ शाहले निर्देशन गरेका हुन् भने हरि हुमागाईँको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

गीतले प्रेममा परेका जोडीले एक अर्कालाई मनका सबै कुरा भन्न नसक्ने र कुरालाई व्यक्त गरिएको छ । गायक काफ्लेका यस अघिका दुई गीत ’माया बिरानी’ र ’नाच फिरिरि’ निकै सफल र लोकप्रिय छन् । गीतको अडियो तथा भिडियो सुन्दर बनेको छ ।