मलाइकालाई कोरोना पोजेटिभ भएको पुष्टि

भदौं २२, काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।

आइतबार उनको स्वाब परीक्षणको रिपोर्ट आएको थियो जसमा उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।

आइतबार नै उनका प्रेमी अभिनेता अर्जुन कपूरलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिएका थिए ।
अर्जुनले घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका छन् ।