बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुग्यो

भदौं २१, बाँके- बाँकेमा कोरोना संक्रमणका कारण स्थानीय तहका एक कर्मचारीको मृत्यु भएको छ ।
आइतबार नेपालगञ्ज उपमहानगरपालिकाको जिन्सी शाखामा कार्यरत कर्मचारीको मृत्यु भएको हो ।
उनी नेपालगञ्ज ९ का स्थायी बासिन्दा हुन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार उनको मुटुको रक्तनली बन्द हुने समस्या थियो ।
कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनलाई भाद्र १५ गते कोरोना संक्रमण पुष्टि भएको बताए । संक्रमण पुष्टि भएको तीनदिन पछि भाद्र १८ गते अस्पताल भर्ना भएको जानकारी दिए ।
बाँकेमा यस सँगै बाँकेमा कोरोनाका कारण मुत्यु हुनेको संख्या सात पुगेको छ ।
उनी बाँकेमा कोरोनाका कारण मृत्यु हुने सातौ व्यक्ति तथा चौथो पुरुष हुन् । श्रेष्ठले उनी दीर्घरोगी समेत रहेको इमेल खवरलाई जानकारी दिए ।