गायक रामजी खाँण र गायिका गरिमा विरहीको ‘बाहिर हेर्दा देखिने घाउ’ सार्वजनिक (भिडियो)

भदौं २१, काठमाडौं गायक रामजी खाँण र लोक गायिका गरिमा विरहीको आवाजमा लोक दोहोरी गीत ‘बाहिर हेर्दा देखिने घाउ’को भिडियो सार्वजनिक भएको छ ।

ओबी रायमाझीको अभिनय रहेको गीतमा ओबीलाई गायिका गरिमाले साथ दिएकी छिन् ।

सार्वजनिक गीतमा कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको छ । त्यस्तै गीतको भिडियोको छायांकनको जिम्मा करन चैसिरले सम्हालेका छन् भने निर्देशन बिनोद भण्डारीले गरेका छन् ।

त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो ‘आफ्नो मन’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।