उपत्यकामा ४०८ सहित १०४१ जनामा कोरोना संक्रमण पुष्टि

भदौं २०, काठमाडौं –  पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पुष्टि भएका मध्येमा ४०८ जना उपत्यकामा रहेको गौतमले जानकारी दिए ।