अनि सञ्जा बनिन् नेपाल आइडल

भदौं १८, काठमाडौं  – नेपाल आइडल ३ को उपाधिको घोषणा भएसगै सञ्जा चौलागाँईले आफुलाई सम्हाल्न सकिनन् । उनी निकै भावह्विल बनिन् । बधाईको ओइरो नै लाग्यो । सामाजिक सञ्जाल देखि सञ्चारमाध्ययमा पनि सञ्जा नै छाइन् । सञ्जा नेपाल आइडलको पहिलो महिला बिजेता बनिन् । कोरोना महामारीका बिचमा सम्पन्न नेपाल आइडलको तेस्रो संस्करणले पहिलो महिला आइडल पाएको छ

सञ्जाले आइडलको उपाधि जिते पछि आफ्ना बिगतका संघर्षहरु सम्झन थालिन् । गायनमा क्षेत्रमा उनले धेरै संघर्षहरु गरेको बताइन्। उनले भनिन् ‘मैले गायक बन्नका लागि धेरै संघर्षहरुका दिनहरु विताए ।’

गायनमा वच्चै देखि रुची राख्ने सञ्जाले घरमा उनका बाबुआमाको गुनगुनाइबाटै गीत गाउन सिकेको बताइन् । उनले इमेल खवर संग भनिन् ‘म कुनै सांगीतिक बाताबरणबाट हुर्केको होइन्, रहरै रहरले गीत गाउदै, सिक्दै अगाडी वढेकी हुँ ।’

घर परिवारमा गीत गाउने सञ्जाले पहिलो पटक बिद्यालयमा मञ्च पाएकी हुन । कक्षा १० मा पढ्दा उनले पहिलोपटक गायन प्रतियोगीतमा भाग लिइन् । त्यसबेला उनले तारादेबीको ‘उकाली ओराली ’ वोलको गित गाएकी हुन । पहिलो पटक नै आफ्नो स्वर पुरस्कृत भएको उनि वताउछिन । त्यो पल सम्झदै उनले इमेल खवरसंग भनिन् ‘मैले उक्त प्रतियोगिताको उपाधि हासिल गरे पश्चात गायकीको बाटो खुल्यो । ’

पुरस्कार पाएसंगै उनमा राम्रो गायक कसरी वन्ने भन्ने हुटहुटी वढ्न थाल्यो । राम्रो गायक कसरी वन्ने, कहां गाउने ? कसरी गाउने ? आदि समस्या ठडिए । तर, जहा इच्छा त्यँहा उपाय भने झै साथीहरुसंग ब्यान्ड खोलेर ठमेलमा गाउने योजना बन्यो र ब्यान्ड बन्यो ‘द लर्ड ’ ।

साथीहरुसंग ब्यान्डको प्रतिनिधित्व गर्दै उनी गीत गाउन थालिन् । साथीहरुले पनि हौसला दिइरहे । क्लबमा गाउदा आम्दानी संगसंगै गायनको रहर पुरा गर्न थालिन् । उनले भनिन् ‘क्लबमा गाउदा गीत गाउने रहर पुरा हुन्थ्यो, अर्को कुरा पैसा पनि हुन्थ्यो । ’

क्लबमा गाउदै गरेका वेला उनले नेपाल आइडलको अडिसन खुलेको थाहा पाइन् । पहिलो अडिसनमा नै प्रस्तुती दिन पुगिन् । तर पहिलो संस्करणको नेपाल आइडलमा उनी धेरै पर पुग्न सकिनन् ।

नेपाल आइडलको मञ्चमा गाउने उनको रहर पुरा भएकै थिएन । दोस्रो संस्करणमा बाध्यताबस उनी आउन सकिनन् । तेस्रो संस्करणमा उनी फेरि नेपाल आइडल फर्केर आइन् र उपाधि जितिन् । ‘गायक बन्ने रहर तिब्र थियो त्यसका लागी नेपाल आइडल राम्रो प्लेटफर्मका रुपमा लिएकी थिए ।’ उनले भनिन् ‘मेहेनत गरे । अन्तत मैले सफलता पनि हासिल गरे । ’

आफुले सबैको माया र सपोर्टले उपाधि जितेको उनले बताइन् । उनले अगाडी थपिन ‘उपाधि संगै चुनौती पनि थपिएको छ । ’ अब उनलाई आफ्नो ब्यान्डलाई राम्रो बनाउदै गायन क्षेत्रमा अब्बल बन्नु छ ।