‘सयौं डाँडा काट्दै ’ मा वर्षा र गौरवको अभिनय

भदौं १८, काठमाडौं –  गीतकार पासाङ शेर्पाले ’सयौं डाँडा काट्दै’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।

उत्त म्युजिक भिडियोमा नायिका बर्षा राउत र गौरव पहाडीको अभिनय रहेको छ ।

गीतमा पासाङले नै शब्द भरेका हुन् । बिक्रम बरालको स्वर रहेको गीतमा हरि लम्सालले संगीत दिएका छन् ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने बुद्ध थापा र ईश्वर थापाको सिनेमेटोग्राफी छ ।