सार्टनैको चोली मा कम्मर मर्काउँदै सरोज र आश्मा हेरौं भिडियो

भदौ १६, काठमाडौ – शङ्कर थापाको नयाँ गीत सार्टनैको चोली को भिडियो सार्वजनिक भएको छ ।

गायक तथा सङ्गीतकार थापा र गायिका दीपा लामाको स्वर रहेको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

अम्बिका गुरुङको शब्द रहेको गीतमा थापा स्वयंले सङ्गीत पनि भरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडीयोलाई व्रतराज आचार्यले निर्देशन गरेका हुन् ।