कोरोना बिमा गराउनेको संख्या दिनप्रतिदिन बढ्दो छ – चंकी क्षेत्री सिइओ सगरमाथा इन्स्योरेन्स

 

भदौ १५, काठमाडौ-  बिश्वब्यापी रुपमा कोरोना माहामारी फैलिएको करिब छ महिना पुगिसकेको छ । संक्रमित हुने दर र मृत्यु हुने दर दिनप्रतिदिन बढ्दै गइरहेको छ । महामारीको जोखिम न्युनीकरणका लागि हालसम्म कुनै औषधि पत्ता लागीसकेको छैन ।

बिभिन्न देशहरुले निर्माण गरिरहेको औषधिहरु प्नि परिक्षणकै तयारीमा रहेका छन् । नेपालमा भने जोखिम न्युनीकरण गर्ने माध्यम बनेको छ कोरोना बिमा । नेपालका सबै २० निर्जिवन कम्पनीहरु मिलेर सामुहिक रुपमा जोखिम बहन गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र बाँकी ८० प्रतिशत २० वटा कम्पनीले आम्दानी र जोखिम वहन गर्ने ब्यवस्था रहेको छ । यसै सन्र्दभमा कोरोना बिमा के हो ? कोरोना बिमाले जोखिम न्युनीकरण कसरी गर्दछ भन्ने सन्र्दभमा इमेल खवर डटमले सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडका सिइओ चंकी क्षेत्री संग कुराकानी गरेको छ । उनिसंग गरिएको कुराकानीको संक्षिप्त अंश ।

कोरोना बिमा कस्तो किसिमको बिमा योजना हो ?
कोरोना नामबाट पनि बुझन सकिन्छ । यो बिमा पोलीसी कुनै स्वास्थ्य उपचारको बीमा होइन् । बिमा कम्पनीले महामारीको समयमा सामहिक रुपमा जोखिम बहन गर्ने उदेश्यका साथ अघि बढाइएको पोलिसी हो । महामारीको समयमा न्युनतमा शुल्कमा ग्राहकहरुलाई राहत दिने उदेश्यका साथ ल्याइएको बिमा योजना हो ।

यस योजना अन्र्तगत कति रकम सम्मको बिमा गर्न सकिन्छ ?
यस बिमा योजना अन्र्तगत दुइवटा पोलिसी रहेका छन् । यस अन्र्तगत १ लाख र ५० हजार रुपैयाका बीमाङ्क रहेका छन् । त्यसमा पनि एकल र सामुहिक बिमा गर्न सकिन्छ । यस अन्र्तगत एक लाखको बिमा गर्न चाहनेहरुका लागि प्रतिब्यत्ति १ हर प्रिमियम रकम तिर्नुपर्नेछ । सामुहिक बिमा गर्नेहरुका लागि ६०० रुपैयाँ बीमा शुल्क लाग्नेछ ।
अर्को बीमाङ्क रकम ५० हजार रुपैयाँ रहेको छ । यसमा यो बीमा गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र समूहका लागि प्रतिव्यक्ति ३ सय रूपैयाँ लाग्ने छ ।

बिमा चांहि कसरी गर्न सकिन्छ ?
कोरोना बिमा दर्ता गर्नका लागि एकदमै सह छ । बिमा गर्नका लागि बीमा कम्पनीसंग सम्पर्क गर्न सकिन्छ । नेपालमा २० वटा बिमा कम्पनी मार्फत कोरोना बिमा गर्न सकिन्छ । अहिलेको समयमा अनलाइन मार्फत पनि बिमा गर्न सकिन्छ । कम्पनीका अनलाइट साइटहरुमा गएर पनि बिमा भर्न सकिन्छ ।

कोरोना बिमामा मानिसहरुको आकर्षण कस्तो छ ?
पछिल्लो समय महामारी फैलदै बढ्दै गइरहेको समयमा कोरोना बिमाका आकर्षण बढ्दै गइरहेको छ । शुरुका दिनमा अलमलिएका ग्राहकहरु प्नि अहिले कोरोना बिमा गर्नका लागि उत्साहित भएका छन् ।

हालसम्म बिमा गराउने संख्या कति छ ?
भदौंको दोस्रो साता सम्म कुल बिमा गराउनेहरुको संख्या ८ लाख बढी पुगेको छ । त्यस्तै भुक्तानी लिनेहरुको संख्या ९१ हजार बढी रहेको छ ।

बिमा भुक्तानी गर्नका लागि के कस्ता प्रक्रिया पुरा गर्नुपर्दछ ?
यो कोरोना बिमा योना भएको कारणले कोरोना पुष्टि भएको रिपोर्ट चाहिन्छ । यसका लागि कोरोना रिपोर्ट (पिसिआर) पोेटिभ आउनु पर्दछ । (पिसिआर) पोटिभ रिपोर्ट आएपछि बिमा दाबी गर्न सकिन्छ । बिमा दाबी गर्नका लागि बिमा गरेको १५ दिन पुग्नुपर्दछ ।