बिग बोस को लागि सलमानले लिए १० करोड २५ लाख

भदौं १५, एजेन्सी – भारतीय चर्चित रियालिटी शो ’बिग बोस’ को १४ औँ संस्करणमा कार्यक्रम प्रस्तोता सलमान खानले  हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

कार्यक्रम अक्टोबरदेखि प्रसारण हुनेछ भने यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन् । तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३ जना सर्वसाधारण ।

सहभागीहरू बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरूको कोरोना भाइरस परीक्षण गरिने र पूर्ण सुरक्षा अपनाएर कार्यक्रम सञ्चालन गरिने छ ।