कालिकोट पहिरो अपडेट : पाँच घर बगायो,एकको मृत्यु

भदौ १४,कालिकोट -कालिकोट र जुम्लाको सिमानामा पर्ने कालिकोटाको तिलागुफा नगरपालिका–१ को नाग्म बजारमा पहिरोले घर पुर्दा एकको मृत्यु भएको छ।

आइतबार विहान सात बजेतिर आएको पहिरोले पाँच घर पुरेको छ । दुई जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

जिवितै उद्धार गरिएका दुई जनालाई थप उपचारको लागि जुम्ला पठाइएको छ र प्रहरीका अनुसार पाँच वर्षीय निराजन शाही मृत फेला परेका हुन्।

पहिरोले घर पुर्दा कति जना बेपत्ता भए भन्ने खुलेको छैन्। घटनास्थलमा कालिकोट र जुम्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्दार गरिरहेका छन्।