उपचारको लागि सञ्जय दत्तलाई पाँचवर्षे अमेरिकी भिसा

भदौं १४, एजेन्सी  – बलिउडका अभिनेता सञ्जय दत्त क्यान्सरको उपचारका लागि बिदेश जाने भएका छन्

फोक्सोको क्यान्सरको तेस्रो चरणमा भएको भनिएका उनी यति बेला कोरोना महामारीका बिच भारतमा नै उपचार गराइरहेका छन् । यसै गरी दत्त आगामी चरणको उपचारका लागि अमेरिका जाने तयारीमा छन् छ । जसको लागी उनलाई पाँच वर्षे अमेरिकी भिसा प्रदान गरिएको छ ।

महामारी फैलिएका कारण भारतमै उपचार गराउने र स्थिति सामान्य भएसँगै अमेरिकाका लागि उड्ने दत्त परिवारको योजना भएको उनकी पत्नी मान्यताले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।

दत्त अभिनीत चलचित्र ’सडक २’को केही दिन अघी ट्रेलर रिलिज भएको थियो भने यो चलचित्र अनलाइन प्ल्याटफर्ममा रिलिज हुने तयारीमा छ ।