योग केहो ?

योग शिक्षा

योग भन्नाले साधारण अर्थमा जोड भन्ने बुझीन्छ। तर वास्तवमा योग भनेको वृहत आयाम हो।आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ। रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो ।योगले शरिर मन र विवेकलाई धारिलो बनाउछ। आफ्नै शक्तिलाई चिन्ने आफैलाई चिन्ने विधियोग हो। अवको युग भनेकै योगको युग हो। अहिलेको वेथिति र विकृतिको लागि योग अनिवार्य छ। योगले मानिसलाई शारिरीक र मानसिक रुपमा स्वस्थ रहन मदत गर्दछ।

योगको परिभाषा विभिन्न समयमा विभिन्न तरिकाले गरेको पाईन्छ।

भागवत गिता अनुसार- समत्वम योग उच्यते अर्थात् सुख-दु:ख लाभ-हानि शत्रु-मित्र शीत तथा उष्ण आदी द्वन्दमा सर्वत्र समभाव राख्नु नै योग हो ।

विष्णु पुराण अनुसार- जीवात्मा तथा परमात्मा का पूर्णतया मिलन नै योग हो।

पतञ्जलि योग दर्शन अनुसार- योग: चित्तवृत्ति निरोध:। अर्थात् चित्तका वृत्तिहरुको निरोध गर्नु नै योग हो।

गणेश गैरे (MSc in yoga)