दैलेखमा सुत्केरी मृत्यु प्रकरण : स्थानीय आन्दोलित, गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी

भदौ १३, दैलेख – दैलेखको ठाटिकाँध गाउँपालिका– १ की २३ पार्वती शाहीको उपचारको लागि समय मै उद्धार नहुँदा अकाल मै ज्यान भयो ।

शुक्रबार गाउँपालिकाको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा छोरी जन्माएकी शाहीको छोरी जन्मेको १ घण्टाभित्रै रक्तश्राव हुँदा थप उपचारको लागि एम्बुलेन्समा सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

विहान ११ बजे लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी उनले दिउँसो तीन बजे छोरी जन्माएकी थिइन् । यता स्वास्थ्य केन्द्रले समय मै रिफर नगरेको र गाउँपालिकाले हेलिकप्टरको व्यवस्था नगरेको भन्दै आफन्त आन्दोलनमा उत्रिएका छन् ।

     मृतक पार्वती शाही

मृतक सुत्केरी शाहीका भतिजा सर्जन शाही बाँच्ने सम्भावना हुँदा हुँदै पनि सरोकारवाला निकायको गम्भीर लापरबाहीका कारण अकालमा ज्यान गएको बताउँछन् ।

उनका अनुसार सुत्केरी महिलाको उद्धारको लागि अस्पताल प्रशासनलाई आग्रह गर्दा समेत व्यवस्था हुन सकेन । स्वास्थ्य केन्द्र सहित ठाटीकाँध गाउँपालिकाका अध्यक्षलाई समेत आग्रह गर्दा सुनुवाई नभएको बताए । मृतकका श्रीमान कर्णबहादुर शाही रोजगारीको भारतमा रहेका छन् ।

ती सुत्केरीको मृत्यु प्रकणलाई लिएर शनिबार गाउँपालिकामा तनाब र्सिजना भएको छ । गाउँपालिकाभित्र रहेका एम्बुलेन्स विग्रेको र समयमै एम्बुलन्स नबनाएका कारण सुत्केरीको मृत्यु भएको स्थानीयले गाउँपालिकाको कार्यालयलाई आरोप लगाएका छन् ।

पालिकाले यस्ता जटील अवस्थालाइ पनि बेवास्था गर्दै गएको भन्दै कारवहीको माग राख्दै गाउँपालिका तथा वडा कार्यलयमा तालाबन्दी । समेत गरिएको छ । यता गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीले आफूलाई ६ः२० बजे मात्र खबर भएको बताए ।

उनका अनुसार त्यस लगत्तै हेलिकप्टरको लागि जिल्लामा खबर गर्दा सिडियोले साँझ ६ बजेपछि हेलिकप्टर नआउने इमेल खवरलाई बताए । त्यसपछि आफूले गाडिको व्यावस्था गरेर सुर्खेत पठाएको पठाएको उनको भनाई छ ।

दैलेख जिल्ला प्रमुख सन्नबहादुर सुनारले राती हेल्क्टिर उडान नहुने र दिउसोमा मात्र उडान हुने भएकाले साथै स्थानीय सरकारलाई तत्काल गाडीमा उद्धार गर्न अनुरोध गरेको बताएका छन् । शाहीको मृत्युपछि उनले आफन्तले प्रदर्शन गरेका थिए ।