यी हुन् सेल्फ क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु

भदौं १३, काठमाडौं  – बिश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा तीब्र रुपमा फैलदै छ । जोखिमलाई मध्यनजर गर्दै सरकारले घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने देखि अस्पतालमा बस्नेहरुको संख्या बढ्दै गएको छ ।

-सेल्फ क्वारेन्टाइनमा बस्दा भने बिशेष ख्याल गर्नुपर्दछ । सेल्फ क्वारेन्टाइनमा बस्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

-पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नुपर्दछ । अर्को व्यक्तिसंग कम्तिमा १ मिटर दूरी राख्नेछु।

– छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नुपर्दछ । प्रयोग पश्चात बाथरूम र शौचालय आफैं सफा गर्नुपर्दछ ।

– नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नुपर्दछ

-आफुले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाडा, तौलीया र रुमाल, ओछयान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसंग साझा सेयर गर्नुहुदैन ।

-खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नुपर्दछ ।