सुनिल र मेलिनाको मुग्लान सार्वजनिक – भिडियो

भदौं १३, काठमाडौं – सुनिल गिरी र मेलिना मैनालीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

गायक सुनिलको पिरती एल्बममा समावेश यस गीतमा गायक सुनिल कै शब्द तथा सङ्गीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा गायक सुनिल र गायिका मेलिना फिचर्ड छन् भने निर्माण तथा निर्देशन पनि गायक स्वयंले गरेका हुन् ।

म्युजिक भिडियोलाई विवेक विकले छायाङ्कन गरेका हुन् भने उनी स्वयम्ले सम्पादन पनि गरेका छन् ।